images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • एसियन लाइफको अवितरित हकप्रद सेयरमा आवेदन...

एसियन लाइफको अवितरित हकप्रद सेयरमा आवेदन दिने म्याद थप

एसियन लाइफको अवितरित हकप्रद सेयरमा आवेदन दिने म्याद थप

images
images
आइतवार, भाद्र २९ २०८२
आइतवार, भाद्र २९ २०८२
  • काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको साढे ३ लाख बढी कित्ता अवितरित हकप्रद सेयरमा खरिद आवेदन दिने म्याद थपिएको छ।कम्पनीले गत असार २५ गतेदेखि साउन २० गतेसम्म आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको ४२ प्रतिशत अर्थात १ः०.४२ अनुपातमा हकप्रद सेयर बिक्री गरेको थियो। त्यतिबेला बिक्री नभएको ३ लाख ५८ हजार ५१२.४८ कित्ता सेयर कम्पनीले लिलामी प्रक्रियामार्फत यही भदौ २२ गतेबाट बिक्री खुला गरिएको थियो।

    images
    images

    यो अवितरित हकप्रद सेयरमा आज भदौ २९ गतेसम्म बोलपत्र पेस गर्न सकिने व्यवस्था गरिएको थियो। तर, मुलुकको हालको विषम परिस्थितिलाई ध्यानमा राख्दै कम्पनीले अब आवेदन दिने असोज ५ गतेसम्म थप गरेको छ।बिक्रीमा राखिएको कुल कित्तामध्ये सर्वसाधारण समूहको ३ लाख २८ हजार ४७३.९१ कित्ता र संस्थापक समूहको ३० हजार ३८.५७ कित्ता रहेको छ। यो शेयरमा इच्छुक व्यक्ति, संस्था तथा कम्पनीले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

    बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।संस्थापक समूहको सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहको सेयर खरिदका लागि न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।बोलपत्र धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको नक्सालस्थित कार्यालयका साथै मुक्तिनाथ विकास बैंकका शाखाहरु थिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend