images

२०८३ आश्विन १९ गते

images
images
images

भारतद्वारा नेपालमा अन्तरिम सरकार गठनको स्वागत

भारतद्वारा नेपालमा अन्तरिम सरकार गठनको स्वागत

images
images
शनिवार, भाद्र २८ २०८२
शनिवार, भाद्र २८ २०८२
  • काठमाडौँ । भदौ २९, नेपालमा नयाँ अन्तरिम सरकार गठनप्रति छिमेकी मुलुक भारतले स्वागत जनाएको छ।

    images
    images

    पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको रूपमा शपथ लिएपछि भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त निर्णयको स्वागत गरेको हो।

    विज्ञप्तिमा भनिएको छ, “हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौं। हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवद्र्धन गर्न मद्दत गर्नेछ।”

    images
    images

    भारतले नेपाललाई नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता पनि जनाएको छ।

    भारतीय विदेश मन्त्रालयका अनुसार, भारत नेपाली जनताको शान्ति, स्थिरता र समृद्धिका लागि निरन्तर साथ दिने पक्षमा दृढ छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend