काठमाडौँ । भदौ २४, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई दिनका लागि सम्पूर्ण धितोपत्र कारोबार स्थगित गर्ने निर्णय गरेको छ।
नेप्सेले आइतबार एक सूचना जारी गर्दै भदौ २५ र २६ गते (सोमबार र मङ्गलबार) कारोबार स्थगित गरिएको जानकारी दिएको हो। हालको विषम परिस्थिति र कारोबार सदस्य तथा लगानीकर्ताहरूबाट प्राप्त अनुरोधका आधारमा यो निर्णय गरिएको नेप्सेले जनाएको छ।
सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१(१) बमोजिम कारोबार स्थगन गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए।
हालको परिस्थिति भने नेप्सेले स्पष्ट पारेको छैन। तर, बजारमा देखिएको अनिश्चितता र लगानीकर्ताहरूको असन्तोषलाई मध्यनजर गर्दै यो निर्णय लिइएको अनुमान गरिएको छ।





.gif)





