images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • कर्फ्युका कारण आजको लागि सेयर कारोबार...

कर्फ्युका कारण आजको लागि सेयर कारोबार स्थगन

कर्फ्युका कारण आजको लागि सेयर कारोबार स्थगन

images
images
मंगलवार, भाद्र २४ २०८२
मंगलवार, भाद्र २४ २०८२
  • काठमाडौँ । भदौ २४, नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमवार) को लागि सेयर बजारको कारोबार स्थगन गरिएको जनाएको छ।

    images
    images

    नेप्सेले सोमबार बिहान सूचना प्रकाशित गर्दै काठमाडौँ जिल्लाको चक्रपथ भित्र बिहान ८ः३० बजेदेखि कर्फ्यु आदेश जारी भएको र लगानीकर्ताहरूबाट समेत बजार स्थगनको अनुरोध प्राप्त भएकोले कारोबार बन्द गर्ने निर्णय गरिएको स्पष्ट पारेको हो।

    सूचनामा भनिएको छ, नेपाल स्टक एक्सचेन्जको सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम ६ को उपनियम (१) अनुसार आज (२०८२।०५।२४) को लागि सेयर कारोबार स्थगन गरिएको छ।

    images
    images

    काठमाडौँ उपत्यकामा जारी कर्फ्युका कारण लगानीकर्ताहरूको भौतिक उपस्थिति र सेयर कारोबारमा अवरोध हुने सम्भावनालाई मध्यनजर गर्दै नेप्सेले यस्तो निर्णय लिएको हो।

    यसअघि लगानीकर्ताहरूको आग्रह र सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै नेप्सेले विभिन्न अवस्थामा बजार स्थगन गर्दै आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend