images

२०८३ आश्विन १६ गते

images
images
images

आलु खेतीतर्फ बागलुङका किसान आकर्षित

आलु खेतीतर्फ बागलुङका किसान आकर्षित

images
images
अर्थ समाचार
सोमवार, भाद्र २३ २०८२
अर्थ समाचार
सोमवार, भाद्र २३ २०८२
  • काठमाडौँ । भदौ २३, बागलुङका किसानलाई व्यावसायिक आलु खेतीतर्फ आकर्षित गर्न ‘खायन आलु’ उत्पादन क्षेत्र विस्तार गरिएको छ। कृषि ज्ञान केन्द्र बागलुङले तीन वर्षदेखि जिल्लाका सबै १० वटै स्थानीय तहमा खायन आलु खेती विस्तार गर्दै आएको छ।

    images
    images

    निसीखोला, तमानखोला, ताराखोला गाउँपालिका, ढोरपाटन, गलकोट र जैमिनी नगरपालिकाका उच्च भू–भागमा अन्य स्थानभन्दा बढी आलु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले जानकारी दिनुभयो। “थोरै लगानीमा राम्रो प्रतिफल आउने भएकाले किसान आलुखेतीमा आकर्षित छन्,” उहाँले भन्नुभयो।

    आर्थिक वर्ष २०८०।८१ देखि सुरु गरिएको यस कार्यक्रममा पहिलो वर्ष रु २ करोड ६० लाख, दोस्रो वर्ष रु १ करोड ५९ लाख र चालु वर्षमा रु ५५ लाख ९० हजार बजेट विनियोजन गरिएको छ। सिलवालका अनुसार यस वर्ष थप ४३ हेक्टर क्षेत्रफलमा खायन आलु खेती विस्तार गर्ने लक्ष्य लिइएको छ।

    images
    images

    कार्यक्रम अन्तर्गत नयाँ प्रविधिको प्रयोग, उन्नत जातका बीउ, सिँचाइ तथा मलखाद व्यवस्थापन जस्ता पक्षमा जोड दिइएको छ। ढोरपाटन नगरपालिका–५ का कृषक कृष्णलाल कँडेलका अनुसार “खायन आलु खेती गर्न थालेपछि उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ।”

    हाल जिल्लामा ३,७०० हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको छ। गत वर्ष बागलुङबाट ५६ हजार २४० मेट्रिक टन आलु उत्पादन भएको थियो। यहाँ उत्पादन भएको आलु बागलुङ, पोखरा, बुटवल, चितवन लगायतका सहरहरूमा पुग्ने गरेको छ।

    यसैबीच, कृषि ज्ञान केन्द्र बागलुङले चालु आर्थिक वर्षमा रु ३७ लाख लगानीमा खाद्यान्न बाली प्रवर्द्धन कार्यक्रम पनि सञ्चालन गर्दैछ। सहकारी तथा कृषक समूह मार्फत कम्तीमा १०० रोपनी क्षेत्रफलमा एक प्रकारको खाद्यान्न बाली खेती गर्नुपर्ने व्यवस्था गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend