images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • ‘आरबीबी फोकस–४०’ मा आवेदन दिन म्याद...

‘आरबीबी फोकस–४०’ मा आवेदन दिन म्याद थपियो

‘आरबीबी फोकस–४०’ मा आवेदन दिन म्याद थपियो

images
images
आइतवार, भाद्र २२ २०८२
आइतवार, भाद्र २२ २०८२
  • काठमाडौं । आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘आरबीबी फोकस–४०’का इकाइ खरिदका लागि आवेदन दिने म्याद थपिएको छ।योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङले गत भदौ १८ गतेदेखि उक्त योजनाका इकाइ बिक्री खुला गरेको थियो। यो योजनाको निष्कासन बन्द छिटोमा भदौ २२ गते भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेको खण्डले अब असोज १ गतेसम्म बिक्री खुला गरिनेछ।

    images
    images

    उक्त म्युचुअल फन्डको १० रुपैयाँ अंकितदरमा कुल १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ बिक्री खुला गर्न लागेको हो। कुल इकाइमध्ये न्यूनतम १ करोड ४० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १४ प्रतिशत इकाइ कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकका लागि र न्यूनतम १० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १ प्रतिशत इकाइ योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङका लागि सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

    यो १२ वर्षे अवधिको योजना हो। यसमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखाका साथै सीडीएससीको ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यस योजनामा न्यूनतम १०० देखि १ करोड इकाइसम्म आवेदन दिन सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend