images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • असोज ९ गते हिमालयन सेक्युरिटिजले बोलायो...

असोज ९ गते हिमालयन सेक्युरिटिजले बोलायो साधारणसभा

असोज ९ गते हिमालयन सेक्युरिटिजले बोलायो साधारणसभा

images
images
बिहिवार, भाद्र १९ २०८२
बिहिवार, भाद्र १९ २०८२
  • काठमाडौं ।  हिमालयन सेक्युरिटिज लिमिटेडले पाँचौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले असोज ९ गते सभा बोलाउने निर्णय गरेको हो । सभा काठमाडौंको कमलादीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि आयोजना हुनेछ ।

    images
    images

    सभामा आव २०८१/८२ को मुनाफबाट सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । साथै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन सभाले पारित गर्नेछ ।सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब, र सोही अवधिको नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचीमाथि छलफल गरी स्वीकृत गर्ने र आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु समेत पारित गरिनेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend