images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • ‘हिमालयन ८०–२०’ योजनाको लाभांशका लागि बुक...

‘हिमालयन ८०–२०’ योजनाको लाभांशका लागि बुक क्लोज मिति तय

‘हिमालयन ८०–२०’ योजनाको लाभांशका लागि बुक क्लोज मिति तय

images
images
बिहिवार, भाद्र १९ २०८२
बिहिवार, भाद्र १९ २०८२
  • काठमाडौं ।  हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘हिमालयन ८०–२०’ नामक योजनाको आर्थिक वर्ष २०८१।८२ का लागि घोषित लाभांश वितरणार्थ बुक क्लोज मिति तय गरिएको छ।

    images
    images

    योजना व्यवस्थापक हिमालयन क्यापिटलले उक्त योजनाको लाभांश वितरण गर्न भदौ २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ भदौ २७ गतेभन्दा अघिसम्म कायम इकाइधनीहरुमात्रै यो योजनाको लाभांश पाउन योग्य हुनेछन्।

    क्यापिटल सञ्चालक समितिले त्यस म्युचुअल फन्डका इकाइधनीहरुलाई उक्त आर्थिक वर्षको मुनाफाबाट करसहित १६.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार क्यापिटलले नगद लाभांशबापत इकाइधनीहरुलाई कुल १६ करोड १६ लाख रुपैयाँ वितरण गर्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend