images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • नेप्सेमा १५.६४ अंकको गिरावट, कारोबार ४...

नेप्सेमा १५.६४ अंकको गिरावट, कारोबार ४ अर्ब ७२ करोडमा सीमित

नेप्सेमा १५.६४ अंकको गिरावट, कारोबार ४ अर्ब ७२ करोडमा सीमित

images
images
बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक १५.६४ अंकले घटेर २७२६.३३ को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३२६ कम्पनीको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड माथिको सेयर कारोबार भएको छ ।

    images
    images

    आज हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका हुन् । यस्तै, यूनियन हाइड्रोपावरका लगानीकर्ताले ७ प्रतिशत र एनएमबि हाइब्रिट फन्ड एल २ का इकाईधनीले ३.२७ प्रतिशतका दरले कमाएका छन् ।लिबर्टी इनर्जीका लगानीकर्ताले आज सर्वाधिक ६.९९ प्रतिशतका दरले गुमाएका छन् ।

    यसदिन यूनियन हाइड्रोपावर कम्पनीको ३३ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा लिबर्टी इनर्जीको २७ करोड ३७ लाख रुपैयाँ र तेस्रोमा नेपाल पुनर्बीमा कम्पनीको २६ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार नेप्सेमा कारोबार भएका कम्पनीहरुमध्ये ३९ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको सेयर मूल्य घटेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend