images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • दुसित थानी हिमालयन रिसोर्टले आईपीओ निष्कासन...

दुसित थानी हिमालयन रिसोर्टले आईपीओ निष्कासन गर्ने, सिटिजन्स क्यापिटल बिक्री प्रबन्धकमा

दुसित थानी हिमालयन रिसोर्टले आईपीओ निष्कासन गर्ने, सिटिजन्स क्यापिटल बिक्री प्रबन्धकमा

images
images
बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • काठमाडौं । ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिसोर्ट) ले आईपीओ निष्कासन गर्ने भएको छ ।होटलले आईपीओ निष्कासन गर्न लागेको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।उक्त सम्झौतामा ओमस्टोन होटेल्स लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रबन्ध निर्देशक रमेश कुमार हमाल र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

    images
    images

    उक्त सम्झौता अनुसार सिटिजन्स क्यापिटलले दुसित थानी हिमालयन रिसोर्ट ९ओमस्टोन होटेल्स लिमिटेड० को प्राथमिक शेयर सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । उक्त समारोहमा संस्थापकको तर्फबाट प्रमुख विदेशी लगानीकर्ता विष्णु मोरको उपस्थिती रहेको थियो ।

    सन् २०२३ को चौथो त्रैमासिक देखि संचालनमा आएको दुसित थानी हिमालयन रिर्सोट काभ्रेपलाञ्चोक स्थित पात्लेखेत, धुलिखेलमा अवस्थित legendary Thai hotel brand Dusit International को flagship luxury रिसोर्ट हो। हिमालय र उपत्यकाको मनोरम दृश्यहरू सहितको पहाडको शिरमा रहेको दुसित थानी हिमालयन रिर्सोट अन्तरास्ट्रिय ब्रान्डको संरचना र प्रविधि मापदण्डमा निर्मित छ । नेपालको पर्यटन क्षेत्रको विकासको यात्रामा “unique high-value integrated resort”को रूपमा दुसित थानी हिमालयन रिर्सोट कोशेढुंगा स्वरुप स्थापित छ । राष्ट्रको “high-value tourism” लक्ष्य प्राप्तिको लागि रिर्सोटले उत्प्रेरकको रूपमा काम गर्ने लक्ष्य राखेको छ ।

    images
    images

    अन्तराष्ट्रिय आतिथ्य शृङ्खला ब्राण्ड दुसित थानीले नेपाल सहित विभिन्न १८ वटा देशमा आतिथ्य सेवा प्रदान गर्दै आईरहेको छ र नेपालमा दुसित थानी हिमालयन रिर्सोट (ओमस्टोन होटेल्स लिमिटेड) ले यसको प्रतिनिधित्व गरेको छ । राजधानी काठमाडौंबाट करिब ३८ किमिमा रहेको दुसित थानी हिमालयन रिर्सोटमा शान्तपूर्ण तथा रमणीय वातावरणमा विभिन्न संघ–संस्थाहरुले आफ्नो सम्मेलन, सेमिनार तथा कार्यक्रमहरु पनि गर्ने गरेका छन् ।सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पुर्ण वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा सीइओ सबिर बादे श्रेष्ठ रहेका छन् । नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटलमा सिटिजन्स बैंक र कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend