images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • आजबाट ‘आरबीबी फोकस ४०’ का इकाइ...

आजबाट ‘आरबीबी फोकस ४०’ का इकाइ बिक्री खुला

आजबाट ‘आरबीबी फोकस ४०’ का इकाइ बिक्री खुला

images
images
बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • काठमाडौं। आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘आरबीबी फोकस–४०’का इकाइ आज भदौ १८ गतेदेखि बिक्री खुला भएको छ।योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङले उक्त म्युचुअल फन्डको १० रुपैयाँ अंकितदरमा कुल १ अर्ब रुपैयाँबराबरको १० करोड इकाइ बिक्री खुला गरेको हो। कुल इकाइमध्ये न्यूनतम १ करोड ४० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १४ प्रतिशत इकाइ कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकका लागि र न्यूनतम १० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १ प्रतिशत इकाइ योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङका लागि सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

    images
    images

    यस योजनामा न्यूनतम १०० देखि १ करोड इकाइसम्म आवेदन दिन सकिनेछ। यो योजनाको निष्कासन बन्द छिटोमा भदौ २२ गते र ढिलोमा असोज १ गते बैंकिङ समयपछि हुनेछ।यो १२ वर्षे अवधिको योजना हो। यसमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखाका साथै सीडीएससीको ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्नेछन्।

    यस योजनाका इकाइ जारी गर्नका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कोष प्रबर्द्धकलाई केयर एनपी ‘ए प्लस’ इस्युअर रेटिङ प्रदान गरेको छ। योजना व्यवस्थापकलाई भने इक्रा नेपालले इक्राएनपी एएमसी ‘क्वालिटी ३’ रेटिङ प्रदान गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend