images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • एचएलआई लार्ज क्याप फन्डका इकाइ खरिदका...

एचएलआई लार्ज क्याप फन्डका इकाइ खरिदका लागि आवेदन दिने म्याद थपियो

एचएलआई लार्ज क्याप फन्डका इकाइ खरिदका लागि आवेदन दिने म्याद थपियो

images
images
बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने एचएलआई लार्ज क्याप फन्डका इकाइ खरिदका लागि आवेदन दिने थपिएको छ।हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेस्टमेन्ट बैंकरले गत भदौ १५ गतेदेखि उक्त योजनाका इकाइहरु बिक्री खुला गरेको थियो। यसमा आज भदौ १८ गतेसम्म आवेदन दिन म्याद रहेकोमा मागबमोजिम आवेदन नपरेपछि यस निष्कासन अवधि भदौ २९ गतेसम्म लम्बिएको हो।

    images
    images

    यस योजनाका १० रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँबराबरको ४० करोड इकाइमध्ये बीज पुँजीबापत ५० प्रतिशत अर्थात २ अर्ब रुपैयाँबराबरको २० लाख इकाइ कोष प्रवर्द्धक हिमालयन लाइफ इन्स्योरेन्सका लागि सुरक्षित गरी बाँकी न्यूनतम २ अर्ब रुपैयाँबराबरको २० करोड इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको छ।यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा ४ करोड इकाइसम्म आवेदन दिन पाउने छन्। योजनाको अवधि इकाइ बाँडफाँट भएको मितिले १० वर्ष रहेको छ।

    यस योजनाका इकाइ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै सीडीएससीको मेरो सेयर मार्फत् आवेदन दिन सकिन्छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend