images

२०८३ आश्विन २४ गते

images
images
images

बुङ्गल हाइड्रोको आइपीओ खुल्यो

बुङ्गल हाइड्रोको आइपीओ खुल्यो

images
images
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • काठमाडौं। बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले साेमबारदेखि आइपीओ निष्काशन गरेको हो ।कम्पनीले पहिलो चारणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गरेको थियो । दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गरेको हो।

    images
    images

    हाइड्रोले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो। जसमा ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावितलाई र २ लाख ७ हजार ५०० कित्ता शेयर विदेशमा भएका लागि निष्काशन गर्ने छ ।त्यसपछि एक लाख एक हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषलाई र ६२ हजार २५० कित्ता शेयर कर्मचारीलाई वितरण गर्ने छ ।

    त्यो सबै बाँडफाँड भएपश्चात सर्वसाधारण लगानीकर्ताका लागि १७ करोड एक लाख ५० हजार रुपैयाँ बराबरको १७ लाख एक हजार ५०० कित्ता साधारण शेयर निष्काशन हुने छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले शेयर निष्काशन हुने छ ।न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिने छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend