images

२०८३ आश्विन १५ गते

images
images
images

शिक्षामा सुधार ल्याउन रेसुङ्गाको प्रयत्न

शिक्षामा सुधार ल्याउन रेसुङ्गाको प्रयत्न

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले विद्यालयको शिक्षामा सुधार ल्याउन निकै प्रयत्न गरेको पाइएको छ । यस नगरपालिकाले यहाँ रहेका विद्यालयलाई शैक्षिक गुणस्तरमा अब्बल बनाउन निकै प्रयत्न गर्दै आएको हो । सामुदायिक र संस्थागत दुवैतर्फका विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन नगरपालिका लागेको छ ।यस नगरपालिकाभित्र ३१ वटा सामुदायिक विद्यालय, आठ वटा निजी विद्यालय, सात बाल विकास केन्द्र र दुई वटा सामुदायिक सिकाइ केन्द्र रहेका छन् । विद्यालय शिक्षालाई अब्बल बनाउन नगरपालिकाले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र विषयगत शिक्षकहरुका लागि विभिन्न खालका तालिमहरु सञ्चालन गर्दै आएको छ ।

    images
    images

    स्थानीय पाठ्यक्रममा आधारित कक्षा एकदेखि पाँचसम्मको पाठ्यपुस्तक चालु आर्थिक वर्ष २०८२/०८३ मा छपाई गर्ने गरी पूर्णरुपमा तयारी गर्नुका साथै कक्षा ६ देखि आठसम्मको पाण्डुलिपि तयारसँगै सम्पादनको प्रक्रियामा रहेको छ । पुस्तकको सम्पूर्ण कार्य सम्पन्न भएपछि विद्यार्थीहरुले स्थानीय कला, संस्कृति, पेशा व्यवसाय, पर्यटन क्षेत्र र महत्त्वपूर्ण सम्पदाहरुको ज्ञान सीप हासिल गर्न सफल हुने नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।गत आव २०८१–०८२ मा ‘बिग स्कुल’ को अवधारणा अनुरुप यहाँका दुई विद्यालय रेसुङ्गा माध्यमिक विद्यालय र सिद्धबाबा माध्यमिक विद्यालयमा करिब एक करोड ५० लाख रुपियाँका दरले बजेट प्राप्त भएको थियो । यस बजेटले विद्यालयको पूर्वाधार विकासमा स्तरोन्नती गरिएको हो । शहरी विकासबाट सिद्धबाबा माध्यमिक विद्यालयको भवन निर्माणको लागि एक करोड रुपियाँ थप भएसँगै निर्माण कार्य अन्तिम चरणम पुगेको छ ।

    ‘नमुना माध्यमिक विद्यालय’ कार्यक्रम अन्तर्गत महेन्द्र माध्यमिक विद्यालयमा ४५ लाख रुपियाँ बराबरको बजेटबाट पूर्वाधार निर्माण तथा विभिन्न शैक्षिक सुधारका कार्यहरु गरिएको छ । ‘विज्ञान प्रवद्र्धन’ कार्यक्रमअन्तर्गत सिद्धबाबा माध्यमिक विद्यालयमा ४५ लाख रुपियाँ बराबरको बजेटबाट ल्याबहरु स्थापना, विज्ञान सामग्री खरिद, ल्याब बोय निक्ति र क्षमता विकासका विभिन्न क्रियाकलाप सम्पन्न गरिएको छ । शहरी विकासबाट यस विद्यालयको भवन निर्माणका लागि एक करोड रुपियाँ थप गरिएको छ ।साउनेथुम आधारभूत विद्यालयमा दुई कोठे भवन निर्माण, पृथ्वी प्राथमिक विद्यालय र सानो आँप प्राथमिक विद्यालय भवनको मर्मत सम्भार गरिएको छ । यसैगरी, गतवर्ष रेसुङ्गा बहुमुखी क्याम्पसलाई तलब भत्ताका लागि ५० लाख रुपियाँ उपलब्ध गराउनुका साथै स्तानतक तहमा विद्यार्थी वृद्धि गर्ने उद्देश्यले प्रथम वर्षमा विद्यार्थीलाई निःशुल्क भर्ना गर्नका लागि १२ लाख रुपियाँ रुपियाँ उपलब्ध गराएको थियो ।

    images
    images

    क्याम्पस प्रशासनले दिएको जानकारी अनुसार नगरपालिकाको आर्थिक सहयोगबाट विद्यार्थी भर्ना दरमा वृद्धि भई रेसुङ्गा बहुमुखी क्याम्पस क्रमशः वित्तीय स्वस्थतातर्फ उन्मुख भएको छ । ‘दलित वर्ग उद्यमशीलता’ कार्यक्रमअन्तर्गत नगरपालिकाभित्रका ३० जना दलित समुदाय व्यक्तिहरुलाई तीन महिने आधारभूत कम्प्युटर तालिम प्रदान गरिएको छ । फलस्वरुप रोजगारीमा जोडिन र आधुनिक प्रविधिको प्रयोगमार्फत समतामूलक समाज निर्माण सहयोग पु¥याउने विश्वास लिइएको उहाँले बताउनुभयो ।त्यस्तै, गत वर्ष कक्षा १२ को परीक्षामा जिल्लास्तरमै प्रथम, द्वितीय र तृतीय भएका यस नगरपालिकाका विद्यार्थीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको थियो । त्यसैगरी त्रिभुवन विश्व विद्यालयद्वारा सञ्चालित स्नातकोत्तर तहको परीक्षामा रसायनशास्त्र विषयमा सर्वोत्कृष्ट भई स्वर्ण पदक प्राप्त गर्नुभएका रेसुङगा नगरपालिका –१४ पराल्मीका सशील पोखरेललाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

    माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० मा ८३ प्रतिशत विद्यार्थी सफल हुनुका साथै यस नगरपालिकाका विद्यार्थीहरुले जिल्लास्तरमै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेको हुँदा नगद पुरस्कारसहित सम्मान गरिएको थियो । जसबाट विद्यार्थीहरुको आगामी शैक्षिक यात्रामा थप सफलताका निमित्त हौसला मिल्ने नगरप्रमुख पन्थीले बताउनुभयो । सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन नगरपालिका निरन्तर लागेको उहाँको भनाइ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend