images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर सुरक्षित...

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ २०८२
  • काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर सुरक्षित गर्ने आज भदौ ८ गते अन्तिम दिन रहेको छ।बैंकले हकप्रद निष्कासन प्रयोजनार्थ भोलि भदौ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ आज भदौ ८ गतेसम्म कायम सेयरधनीहरुले यो बैंकको हकप्रद सेयर भर्न पाउनेछन्।

    images
    images

    गत साउन १५ गते नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंकलाई १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको थियो। अब बैंकले आफ्ना सेयरधनीहरुलाई २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका कुल २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद सेयर बिक्री खुला गर्नेछ।

    हकप्रद सेयर बिक्रीपछि बैंकको चुक्तापुँजी ५२ करोड ४९ लाख ३५ हजार ४०० रुपैयाँ पुग्नेछ। बैंकको हकप्रद सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend