images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरका लागि...

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरका लागि बुक क्लोज मिति तय

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरका लागि बुक क्लोज मिति तय

images
images
शुक्रवार, भाद्र ६ २०८२
शुक्रवार, भाद्र ६ २०८२
  • काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले भदौ ९ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ । 

    images
    images

    भदौ ८ गतेसम्म कायम रहेका शेयरधनीले मात्र बैंकले निष्काशन गर्ने हकप्रद शेयरमा आवेदन दिन पाउने छन् । नेपाल धितोपत्र बोर्डले बैंकलाई हकप्रद शेयर निष्कासनको लागि साउन १५ गते अनुमति दिएको थियो ।

    बैंकले १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । प्रतिकित्ता १०० रुपैयाँका दरले २६ लाख २४ हजार ६७६ कित्ता शेयर बैंकका विद्यमान शेयरधनीले आवेदन दिन पाउने छन् । बैंकको हकप्रदको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend