images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • नेपालगञ्जमा २२ लाख नगद र ब्राउनसुगर...

नेपालगञ्जमा २२ लाख नगद र ब्राउनसुगर सहित युवक पक्राउ

नेपालगञ्जमा २२ लाख नगद र ब्राउनसुगर सहित युवक पक्राउ

images
images
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • काठमाडौँः नेपालगञ्ज, बाँकेमा प्रहरीले स्रोत नखुलेको रु २२ लाख ३ हजार ९१५ नगद र १५ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका २८ वर्षीय रमेश लोनियालाई जिल्ला अदालत, बाँकेबाट चार दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।

    images
    images

    जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले मंगलबार राति नेपालगञ्ज उपमहानगरपालिका–१४ स्थित लोनियाको घरमा खानतलासी गरेको थियो।

    प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार लोनियाको घरबाट नेपाली र भारतीय रुपैयाँसहित ठूलो मात्रामा रकम, ब्राउनसुगर, सुनचाँदीका गरगहना, पाँच थान खुकुरी, दुई थान मोटरसाइकल र १० वटा मोबाइल फोन बरामद गरिएको छ।

    images
    images

    खानतलासीको क्रममा घटनामा अवरोध पुर्‍याउने प्रयास गर्ने चार जना व्यक्तिलाई समेत पक्राउ गरिएको छ। तीमध्ये दुई जनालाई प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा हिरासतमा लिइएको प्रहरीले जनाएको छ।

    त्यसैगरि प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend