images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • बुंगल हाइड्रोको आईपीओमा आयोजना प्रभावित स्थानीयले...

बुंगल हाइड्रोको आईपीओमा आयोजना प्रभावित स्थानीयले आवेदन दिने आज अन्तिम दिन

बुंगल हाइड्रोको आईपीओमा आयोजना प्रभावित स्थानीयले आवेदन दिने आज अन्तिम दिन

images
images
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • काठमाडौं ।  बुंगल हाइड्रोको आईपीओमा स्थानीयले आवेदन दिन पाउने आज साउन २६ गते अन्तिम दिन रहेको छ।कम्पनीले गत असार २९ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ७ हजार ५०० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि ८ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीबाट मागभन्दा बढी आवेदन परेपछि साउन ११ गते नै बन्द भइसकेको छ तर आयोजना प्रभावितबाट पर्याप्त आवेदन नपरेपछि म्याद थपेर आज साउन २६ गतेसम्म कायम गरिएको थियो। त्यसैले आज ५ बजेपछि निष्कासन बन्द हुनेछ।

    images
    images

    आयोजना प्रभावितलाई छुट्याइएको शेयरमध्ये पनि ५ लाख ३९ हजार ५०० कित्ता आईपीओमा आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाले आवेदन दिन पाउनेछन्। यसमा बझाङको बुंगल नगरपालिका वडा नम्बर ६ ९साविक पिपलकोट गाविस वडा नम्बर ४, ५ र ७० र वडा नम्बर ७ ९साविक कफल्सेरी गाविस वडा नम्बर १० का स्थानीय बासिन्दा रहेका छन्।त्यस्तै २ लाख ९० हजार ५०० कित्ता आईपीओमा आयोजना सामान्य प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। यसमा बझाङको बुंगल नगरपालिका वडा नम्बर १, २, ३, ४, ५, ८, ९, १० र ११ का स्थानीय बासिन्दा रहेका छन्।आईपीओमा आवेदन दिंदा कम्तीमा १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend