images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • म्युचुअल फन्डका १७ योजनाको लाभांश घोषणा,...

म्युचुअल फन्डका १७ योजनाको लाभांश घोषणा, २० प्रतिशतसम्म प्रतिफल

म्युचुअल फन्डका १७ योजनाको लाभांश घोषणा, २० प्रतिशतसम्म प्रतिफल

images
images
शुक्रवार, श्रावण २३ २०८२
शुक्रवार, श्रावण २३ २०८२
  • काठमाडौं । आर्थिक वर्ष २०८१/८२ सकिनेवित्तिकै म्युचुअल फन्डले लाभांश घोषणा गरिरहेका छन् । अहिलेसम्म १७ योजनाले इकाइधनीलाई लाभांश घोषणा गरेका छन् । घोषित लाभांश २० प्रतिशतसम्म छ ।म्युचुअल फन्डको अंकित मूल्य प्रतिइकाइ १० रुपैयाँ हो । सोही १० का आधारमा इकाइधनीले लाभांश पाउँछन् । कुनै योजनाले २० प्रतिशत लाभांश घोषणा गरेको छ भने उसले दिने लाभांश १० को प्रतिइकाइ २ रुपैयाँ हुन्छ ।

    images
    images

    १९/२० प्रतिशत लाभांश घोषणा गरेका योजनाको मूल्य बजारमा प्रतिइकाइ साढे ११ रुपैयाँ हाराहारी छ । खुद सम्पत्ति मूल्य (नेट एसेट्स भ्यालु) का आधारमा यी योजना १५/२० प्रतिशत छुटमा पाइने गरेको छ । एकातिर ठूलो दरको छुट मूल्य, अर्कोतिर नगद लाभांश हुँदा म्युचुअल फन्डको लाभांश पनि उल्लेख्य छ ।थोरै लाभांश दिएका योजनाको बजार मूल्य अंकित मूल्यभन्दा पनि कम छ । अंकित मूल्य १० मा जारी भएका र अहिले ५/७ प्रतिशत लाभांश घोषणा गरेका इकाइको मूल्य साढे ९ देखि १० रुपैयाँसम्म छ ।

    खुलामुखी र बन्दमुखी गरी नेपालमा दुई किसिमका म्युचुअल फन्ड सञ्चालनमा छन् । बुक क्लोज भइनसकेका बन्दमुखी योजना दोस्रो बजारबाट खरिद गरेर लाभांश प्राप्त गर्न सकिन्छ ।म्युचुअल फण्डका विभिन्न नाममा ३८ बन्दमुखी योजना दोस्रो बजारमा सूचीकृत छन् । यीबाहेक १० वटा खुलामुखी योजना सञ्चालनमा छन् । खुलामुखी योजना निश्चित एजेन्ट (तोकिएका बैंक तथा वित्तीय संस्थाका शाखा)बाट मात्रै कारोबार गर्न मिल्छ । दोस्रो बजारमा खुलामुखी योजना खरिदबिक्री हुँदैन ।खुलामुखी योजना खरिदबिक्री गर्दा नेट एसेट्स भ्यालु (एनएभी)मै हुन्छ । यिनै योजना एसआईपी (सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान) भुक्तानी प्रक्रियाबाट पनि खरिद गर्न सकिन्छ । एसआईपीअन्तर्गत हरेक महिना वा त्रैमासिक रुपमा निश्चित रकम भुक्तानी गर्दा योजनाका युनिट हितग्राही खातामा जम्मा गर्दै लगिन्छ ।

    images
    images

    हाल अंकित मूल्यकै हाराहारीमा म्युचुअल फन्ड किनेर २० प्रतिशतसम्म प्रतिफल पाउने अवसर आएको छ । लक्ष्मी उन्नति कोषले २० तथा सनराइज ब्लुचिपले १९ प्रतिशत लाभांश घोषणा गरेका छन् । लक्ष्मी उन्नति कोषको बजार मूल्य प्रतिइकाइ ११ रुपैयाँ ५८ पैसा छ भने सनराइज ब्लुचिपको मूल्य ११ रुपैयाँ ४५ पैसा छ ।यीसहितका बुक क्लोज नभएका योजनाको लगानीमा तत्कालै लाभांश पाइनेछ । अंकितभन्दा कम मूल्यमै कारोबार भएका योजनाले समेत लाभांश दिँदैछन् ।सेयर बजारले बढ्दो लय लिँदा म्युचुअल फन्डको लाभांश पनि बढी हुने गरेको इतिहास छ । म्युचुअल फन्डले संकलन गरेको रकमबाट अधिकांश सेयर बजारमै लगानी तथा कारोबार गर्ने भएकाले बजारले बढ्दो गति लिँदा म्युचुअल फन्डको लाभांश बढी हुने गरेको हो ।

    म्युचुअल फन्डमा आम सर्वसाधारणलाई लगानी गर्न सजिलो हुन्छ । सेयर बजारबारे धेरै जानकारी नभएकाले पनि यसमा लगानी गरी पर्याप्त लाभ लिन सक्छन् । किनकि म्युचुअल फन्ड सञ्चालन गर्ने योजना व्यवस्थापक कोषमा रहेका आर्थिक विशेषज्ञ, लेखा परीक्षक, आधारभूत तथा प्राविधिक विशेषज्ञहरूले लगानी तथा कारोबारको निर्णय गर्छन् ।त्यसैले लगानीकर्ताले सेयर बजारबारे ध्यान दिनै पर्दैन, लगानीकर्ताका अन्य व्यवसाय वा रोजगारीलाई दिनुपर्ने समय पनि खेर जाँदैन ।

    हालसम्म लाभांश घोषणा गरेका म्युचुअल फन्ड

    योजना नाम लाभांश प्रतिशत प्रकार
    गरिमा समृद्धि ५.१ बन्दमुखी
    एनएमबी सरल बचत फन्ड ४.२७ खुलामुखी
    कुमारी सुनौलो लगानी ८.८८ खुलामुखी
    सनराइज ब्लु चिप १९ बन्दमुखी
    लक्ष्मी भ्यालु फन्ड–२ १५ बन्दमुखी
    शुभ लक्ष्मी कोष १६ खुलामुखी
    सिद्धार्थ सिस्टमेटिक स्किम ८ खुलामुखी
    एनआईबीएल सहभागिता फन्ड ७ खुलामुखी
    एनआईसी एसिया फ्लेक्सी क्याप १०.१० बन्दमुखी
    एनआईसी एसिया ब्यालेन्स्ड ९.९० बन्दमुखी
    एनआईसी एसिया सेलेक्ट ३० ८.६५ बन्दमुखी
    एनआईसी एसिया डायनामिक डेप्ट ५.५५ खुलामुखी
    सनराइज फोकस्ड इक्वीटी फन्ड १३.५ बन्दमुखी
    सनराइज फर्स्ट म्युचुअल फन्ड १४ बन्दमुखी
    लक्ष्मी उन्नति कोष २० बन्दमुखी
    मुक्तिनाथ म्युचुअल फन्ड ३.८ बन्दमुखी
    नबिल फ्लेक्सी क्याप ९ खुलामुखी

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend