काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ। बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।
धितोपत्र बोर्डबाट बैंकले १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति पाएको हो। बैंकले आफ्ना शेयरधनीहरुलाई २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ।हकप्रद शेयर बिक्रीपछि बैंकको चुक्तापुँजी ५२ करोड ४९ लाख ३५ हजार ४०० रुपैयाँ पुग्ने भएको छ।




.gif)



