images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • धमाधम लाभांश घोषणा गर्न थाले म्युचुअल...

धमाधम लाभांश घोषणा गर्न थाले म्युचुअल फन्ड

धमाधम लाभांश घोषणा गर्न थाले म्युचुअल फन्ड

images
images
मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • काठमाडौं । म्युचुअल फन्डले इकाइधनीलाई धमाधम लाभांश घोषणा गर्न थालेका छन् ।गत आर्थिक वर्ष २०८१/८२ सम्मको नाफाबाट इकाइधनीलाई फन्डले नगद लाभांश घोषणा गर्न थालेका हुन् । खुलामुखी म्युचुअल फन्डले घोषणा गरेको नगद लाभांश पुनः थप इकाइमा लगानी गर्न सकिनेछ । हालसम्म तीन वटा खुलामुखी योजनाले लाभांश घोषणा गरेका छन् । घोषित लाभांश करसहित हो ।

    images
    images

    लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित खुलामुखी योजना शुभ लक्ष्मी कोषले इकाइधनीलाई १६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । साउन १२ गतेसम्म कायम रहेका इकाइधनीले लाभांश पाउने छन् । खुलामुखी योजना भएकाले यो लाभांश पुनः थप इकाइमा लगानी गर्न सकिनेछ ।त्यस्तै सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाले पनि इकाइधनीलाई ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । साउन ११ गतेसम्म कायम इकाइधनीले यो लाभांश पाउने छन् । यो पनि खुलामुखी योजना भएकाले पाउने लाभांश थप इकाइमा लगानी गर्न सकिने योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

    एनआईबीएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फन्डले पनि इकाइधनीलाई ७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । साउन ५ गतेसम्म कायम इकाइधनीले लाभांश पाउने छन् ।साथै यस कोषको आकार ६ अर्ब पुगेको छ । नियामक धितोपत्र बोर्डबाट योजनाको आकार वृद्धिको स्वीकृति पश्चात उपरोक्त लाभांश वितरण गरिने योजना व्यवस्थापक एनआईएमबी एस क्यपिटलले स्पष्ट पारेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend