images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • तेह्रथुम पावरको हकप्रद सेयरमा आवेदन दिने...

तेह्रथुम पावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

तेह्रथुम पावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

images
images
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • काठमाडौं । तेह्रथुम पावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज साउन ११ गते अन्तिम दिन रहेको छ । कम्पनीले गत असार १६ गतेबाट आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर खुला गरेको हो। नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावरलाई हाल कायम चुक्तापुँजी ४० करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ। यससँगै कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता हकप्रद सेयर आफ्ना शेयरधनीहरुलाई बिक्री खुला गरेको छ।

    images
    images

    लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनले तोकेका शाखा र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। धितोपत्र बिक्री प्रबन्ध नबिल इन्भेस्टमेन्ट बैंकिङको काठमाडौं नक्सालस्थित कार्यालय, नबिल बैंकको तेह्रथुममा रहेका शाखाहरु छत्तर, म्याङ्लुङ, फेदाप र संक्रान्तिबजार तथा तेह्रथुमको मेन्छयाममा रहेको कुमारी बैंकको शाखाबाट पनि शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।तेह्रथुम पावरले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ गत जेठ ५ गते बुक क्लोज गरेकाले जेठ ४ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो हकप्रदमा आवेदन दिन पाउनेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend