images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • वैदेशिक रोजगारी रहेका नेपालीले बुंगल हाइड्रोको...

वैदेशिक रोजगारी रहेका नेपालीले बुंगल हाइड्रोको आईपीओमा आजसम्म आवेदन दिन पाउने

वैदेशिक रोजगारी रहेका नेपालीले बुंगल हाइड्रोको आईपीओमा आजसम्म आवेदन दिन पाउने

images
images
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • काठमाडौं।  बुंगल हाइड्रोको आईपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीले आवेदन दिने आज साउन ११ गते अन्तिम दिन रहेको छ।कम्पनीले गत असार २९ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारमा रहेका नेपालीले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्। स्थानीयबाट भने पर्याप्त आवेदन नपरेकोले साउन २६ गतेसम्म म्याद थप गरिएको छ।

    images
    images

    धितोपत्र बोर्डले यो कम्पनीलाई जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति पाएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख ५ हजार कित्ता सेयर जारी गर्ने अनुमति पाएको हो।म्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने ८ लाख ३० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि बिक्री खुला गरेको छ। यो आइपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको सेयरमध्ये ६५ प्रतिशत अतिप्रभावित क्षेत्र सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाको बुंगल नगरपालिका वडा नं. ६ ९साविक पिपलकोट गाविस वडा नं. ४, ५ र ७० र वडा नं. ७ ९साविक कफल्सेरी गाविस वडा नं. १० का बासिन्दाका लागि छुट्याइएको छ। बाँकी ३५ प्रतिशत कित्ता सेयरमा सामान्य प्रभावित क्षेत्र बुंगल नगरपालिका १, २, ३, ४, ५, ८, ९ १० र ११ का बासिन्दाले खरिद आवेदन दिन सक्नेछन्।

    यसैगरी कम्पनीले सर्वसाधारणमा जारी गर्ने कुल कित्ताको १० प्रतिशतले हुन आउने २ लाख ७ हजार ५०० कित्ता शेयर विदेशमा रोजगारमा रहेका नेपालीका लागि जारी गरेको छ। दुवै समूहका लगानीकर्ताले यो आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।स्थानीयले केदारस्यु–१ स्थित नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शाखा, बुंगलस्थित कृषि विकास बैंकको शाखा, जयपृथ्वी नगरपालिकास्थित ग्लोबल आइएमई बैंकको शाखा र आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।बुंगल हाइड्रोको आईपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend