images

२०८३ आश्विन २२ गते

images
images
images

बन्दीपुर केबलकारको पहिलो चरणको आईपीओ निष्कासन

बन्दीपुर केबलकारको पहिलो चरणको आईपीओ निष्कासन

images
images
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • काठमाडौं। बन्दीपुर केबलकार एन्ड टुरिजमले आज साउन ६ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

    images
    images

    नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ५८ करोड ६० लाख रुपैयाँ अर्थात १०० रुपैयाँ अंकित दरका कुल ५८ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको छ। कुल कित्तामध्ये कम्पनीले जारी पुँजीको २ प्रतिशतले हुन आउने ५ लाख ६६ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्र (तनहुँको बन्दीपुर गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा न. १ तथा गोरखाको पालुङटार नगरपालिका वडा न. ७) का स्थानीयका लागि जारी गरेको छ स्थानीयले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

    स्थानीयले धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, बन्दीपुर केवुलकारको काठमाडौंको कालिमाटीस्थित कार्यालय, बन्दीपुर केवलकारको तल्लो स्टेसन, आँबुखैरेनी गाउँपालिकाको कार्यालय, भानु नगरपालिकाको वडा नं. १ को कार्यालय र पालुङटार नगरपालिका वडा नं. ७ को कार्यालयबाट आवेदन दिन सक्नेछन्।यसैगरी कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ५२ लाख ९४ हजार कित्ताको १० प्रतिशतले हुन आउने ५ लाख २९ हजार ४०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी गरेको छ। उनीहरुले न्यूनतम १० र अधिकतममा २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

    images
    images

    वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।स्थानीयका लागि आईपीओको निष्कासन बन्द छिटोमा साउन २० गते र ढिलोमा भदौ ४ गते हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओको निष्कासन बन्द भने छिटोमा साउन ९ गते र ढिलोमा भदौ २० गते बैंकिङ समयपछि हुनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend