images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • साउन ६ गतेदेखि बन्दीपुर केवलकारले...

साउन ६ गतेदेखि बन्दीपुर केवलकारले पहिलो चरणको आईपीओ निष्कासन गर्ने

साउन ६ गतेदेखि बन्दीपुर केवलकारले पहिलो चरणको आईपीओ निष्कासन गर्ने

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • काठमाडौं।  बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनी लिमिटेडले भोलि साउन ६ गते मंगलबारदेखि  पहिलो चरणको आईपीओ बिक्री खुला गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको छ। यसअनुसार कम्पनीले पहिलो चरणको आईपीओ बिक्री खुला गर्न लागेको हो जसमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीले मात्रै आवेदन दिन सक्नेछन्।

    images
    images

    कम्पनीले आयोजना प्रभावितका लागि ५ लाख ६६ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख २९ हजार ४०० कित्ता निष्कासन गर्नेछ ।आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमा तनहुँको बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नम्बर १ तथा गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।प्रतिकित्ता १०० रुपैयाँ हुने यस आईपीओमा आवेदन दिँदा कम्तीमा १० कित्ताका लागि दिनु पर्नेछ भने बढीमा २० हजार कित्तासम्म माग गर्न सकिनेछ। 

    वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने अन्तिम मिति साउन ९ गतेसम्म मात्रै रहेको छ तर त्यस अवधिमा पर्याप्त आवेदन नपरेमा भदौ २० गतेसम्म लम्बिनेछ। यस्तै आयोजना प्रभावितले साउन २० गतेसम्म आवेदन दिन सक्नेछन् भने त्यस अवधिभित्र पर्याप्त आवेदन नपरेमा भदौ ४ गतेसम्म लम्बिनेछ।आयोजना प्रभावितले बिक्री प्रबन्धकका साथै कम्पनीको वेबसाइट, बन्दीपुरमा रहेको कम्पनीको कार्यालयको तल्लो स्टेशन, आँबुखैरेनी गाउँपालिका, भानु नगरपालिका वडा नम्बर १ र पालुङटार नगरपालिकाको वडा नम्बर ७ को कार्यालयमा आईपीओ फाराम प्राप्त गर्न सक्नेछन्।

    images
    images

    वैदेशिक रोजगारीमा रहेकाले नेपाल धितोपत्र बोर्डको सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो सेयर अनलाईन एपबाट पनि आवेदन दिन सक्नेछन्।पहिलो चरणको आईपीओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नेछ।यस कम्पनीलाई केयर रेटिङ नेपाल लिमिटेडले ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ दिएको छ यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend