images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • साउन ११ गतेसम्म तेह्रथुम पावरको हकप्रदमा...

साउन ११ गतेसम्म तेह्रथुम पावरको हकप्रदमा आवेदन दिने म्याद थप

साउन ११ गतेसम्म तेह्रथुम पावरको हकप्रदमा आवेदन दिने म्याद थप

images
images
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • तेह्रथुम पावर कम्पनी लिमिटेडले जारी गरेको हकप्रद सेयरमा आवेदन दिने अवधि थप गरिएको छ। अब लगानीकर्ताले साउन ११ गतेसम्म यसमा आवेदन दिन सक्नेछन्।

    images
    images

    कम्पनीले असार १६ गतेदेखि १:१ को अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो। हाल कायम चुक्ता पूँजीको शतप्रतिशत बराबरको ४० लाख कित्ता सेयर निष्काशन गरिएको छ, जसको कुल रकम ४० करोड रुपैयाँ बराबर हुनेछ।

    यसअघि कम्पनीले हकप्रद निष्काशनका लागि जेठ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो। त्यसअनुसार, जेठ ४ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र यस हकप्रदमा आवेदन दिन योग्य छन्।

    images
    images

    नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख १९ गते हकप्रद निष्काशनको अनुमति दिएको हो। यस निष्काशनको बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले लिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend