images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • आजबाट बरुण हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन...

आजबाट बरुण हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिन सकिने

आजबाट बरुण हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिन सकिने

images
images
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • काठमाडौं। बरुण हाइड्रोपावर कम्पनीले आज असार ३१ गतेदेखि हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो। यस अनुसार कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।

    images
    images

    हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले जेठ २२ गते बुकक्लोज गरेकोले जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रल यस हकप्रदका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। 

    लगानीकर्ताले बिक्री प्रबन्धकका साथै राष्ट्रिय वाणिज्य बैंकका विरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुल्सीपुर, महेन्द्रनगर, चैनपुर, खांदबारी र धरान शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ मार्फत पनि आवेदन दिन सक्नेछन्।

    images
    images

    हकप्रद निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend