images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • साउन ६ गतेदेखि बन्दीपुर केबलकारले आईपीओ...

साउन ६ गतेदेखि बन्दीपुर केबलकारले आईपीओ निष्कासन गर्ने

साउन ६ गतेदेखि बन्दीपुर केबलकारले आईपीओ निष्कासन गर्ने

images
images
सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुला गर्न लागेको हो । आइईपीओमा तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाँउपालिकाका सबै वडा, भानु नगरपालिका वडा नं १ तथा गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं ७ का स्थानीय बासिन्दाहरुले ५ लाख ६६ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

    images
    images

    यसमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ५ लाख २९ हजार ४०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यस आईपीओमा स्थानीय बासिन्दाले छिटोमा साउन २० गते र ढिलोमा भदौ ४ गतेसम्म आवेदन दिन पाउनेछन् । यसैगरी, वैदेशिक रोजगारीमा रहेकाहरुले साउन ९ गते र ढिलोमा साउन २० गते भर्न सक्नेछन् ।

    स्थानीयले कम्पनीको कार्यालय, तल्लो स्टेसन, बन्दीपुर गाँउपालिका वडा नं ४, आँबुखैरेनी गाँउपालिकाको कार्यालय, भानु नगरपालिका वडा नं १ को कार्यालय र पालुङ्गटार नगरपालिका वडा नं ७ को कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु वा मेरोसेयरमार्फत अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

    images
    images

    स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरुलाई सेयर बाँडफाँड गरिसकेपछि कम्पनीले सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मचेन्ट बैंकिङ रहेको छ । केयर रेटिङ नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend