images

२०८३ आश्विन १८ गते

images
images
images

बालेनले बोलाए आइतबारका लागि नगरसभा

बालेनले बोलाए आइतबारका लागि नगरसभा

images
images
शुक्रवार, आषाढ २७ २०८२
शुक्रवार, आषाढ २७ २०८२
  • काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आउँदो आइतबार दिउँसो २ बजेका लागि नगरसभा बोलाएका छन्। काठमाडौं प्लाजास्थित सभा हलमा बसेको ४० औं नगर कार्यपालिका बैठकमा उनले नगरसभा आह्वान गरेका हुन्। सो नगरसभामा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिनेछ।त्यसअघि, सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक पनि बस्ने मेयर शाहले जानकारी दिए।

    images
    images

    शुक्रबारको कार्यपालिका बैठकमा उनले केवल एउटा एजेन्डामात्र राखिएको बताए। ‘२४ वटा एजेन्डा भए पनि अहिले एउटै एजेन्डा मात्रै राख्ने निर्णय भएको हो,’ बैठकमा उनले भने।

    आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तय गर्न अब नगरसभा महत्वपूर्ण चरणमा प्रवेश गरेको छ। नगरसभामा उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्ताव पेश गर्नेछिन् भने मेयर शाहले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend