images

२०८३ आश्विन २३ गते

images
images
images

एसियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयर खुल्यो

एसियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयर खुल्यो

images
images
बुधवार, आषाढ २५ २०८२
बुधवार, आषाढ २५ २०८२
  • एसियन लाइफ इन्स्योरेन्स कम्पनीले आज (बुधबार) देखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ।इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो।कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ४.२ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो।

    images
    images

    यस अनुसार इन्स्योरेन्सले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका १ करोड ४२ लाख ७९ हजार ३१२।४८ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।हकप्रद सेयर निष्कासन प्रयोजनको लागि इन्स्योरेन्सले जेठ १६ गते बुक क्लोज गरिसकेको छ। जेठ १४ गतेसम्मका कायम सेयरधनीहरूले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।उक्त्त हकप्रदमा सेयरमा साउन १३ गतेसम्म आवेदन दिन सकिनेछ।

    कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले 'आइआरएन सिंगल ए माइनस इस्युअर' रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।सेयरधनीहरूले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एसियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन दिन सक्नेछन्।

    images
    images

    त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र सिडिएस एण्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी सी-आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend