images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • बुंगल हाइड्रोको पहिलो चरणको आईपीओ खुल्दै,...

बुंगल हाइड्रोको पहिलो चरणको आईपीओ खुल्दै, कसले दिन सक्छ आवेदन ?

बुंगल हाइड्रोको पहिलो चरणको आईपीओ खुल्दै, कसले दिन सक्छ आवेदन ?

images
images
आइतवार, आषाढ २२ २०८२
आइतवार, आषाढ २२ २०८२
  • बुंगल हाइड्रोपावर कम्पनी लिमिटेडले पहिलो चरणको आईपीओ असार २९ गतेदेखि निष्काशन गर्ने भएको छ। पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गर्दै आईपीओ निष्काशन गर्न लागेको हो।

    images
    images

    नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरमा २९ लाख ५ हजार कित्ता साधारण सेयर जारी गर्ने अनुमति पाएको हो।

    स्थानीयका लागि १० प्रतिशत आईपीओ
    कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् ८ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याएको छ। तीमध्ये ६५ प्रतिशत सेयर अतिप्रभावित क्षेत्र — सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला अन्तर्गत बुंगल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट गाविस वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गाविस वडा नं. १) का बासिन्दाका लागि छुट्याइएको हो।३५ प्रतिशत सेयर सामान्य प्रभावित क्षेत्र — बुंगल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १० र ११ का बासिन्दाले आवेदन दिन सक्ने छन्।

    images
    images

    वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख कित्ता बढी सेयर
    कम्पनीले सर्वसाधारणलाई निष्काशन गर्न लागिएको कुल सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ७ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको छ।

    आवेदन विवरण र समय सीमा
    दुवै समूहका लागि न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ।
    आवेदन दिने अन्तिम म्याद साउन ११ गते तोकिएको छ, तर आयोजनाबाट प्रभावित स्थानीय समूहबाट पर्याप्त आवेदन नपरेमा म्याद साउन २६ गतेसम्म लम्बिन सक्छ।

    आवेदन कहाँबाट दिने?
    स्थानीय बासिन्दाहरूले आवेदन नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (केदारस्यु–१), कृषि विकास बैंक (बुंगल), ग्लोबल आइएमई बैंक (जयपृथ्वी नगरपालिका) र आयोजनास्थलमा खटिएका स्थानहरूबाट दिन सक्नेछन्।
    वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूको शाखा तथा मेरो सेयर पोर्टल मार्फत आवेदन दिन सक्नेछन्।

    बिक्री प्रबन्धक
    यस आईपीओको बिक्री प्रबन्धकको भूमिका हिमालयन क्यापिटल लिमिटेड ले निर्वाह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend