काठमाडौं । नेपाल धितोपत्र बोर्डले बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको छ। बोर्डले असार १९ गते उक्त कम्पनीलाई आईपीओ निष्काशनको स्वीकृति दिएको हो।
स्वीकृतिपछि कम्पनीले ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता सेयर निष्काशन गर्नेछ।
आईपीओ निष्काशनको बिक्री प्रबन्धकको रूपमा नेपाल एसबिआई मर्चेन्ट नियुक्त गरिएको छ।




.gif)





