images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • सर्वोच्च अदालतले छलफलमा बोलायो डा. मुकुल...

सर्वोच्च अदालतले छलफलमा बोलायो डा. मुकुल ढकाल सहित दुवै पक्षलाई

सर्वोच्च अदालतले छलफलमा बोलायो डा. मुकुल ढकाल सहित दुवै पक्षलाई

images
images
बिहिवार, आषाढ १२ २०८२
बिहिवार, आषाढ १२ २०८२
  • काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा महामन्त्री पद विवादबारे सर्वोच्च अदालतले डा. मुकुल ढकाल सहित दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । महामन्त्री दाबी गर्दै डा. मुकुल ढकालले दिएको रिटमा सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाएको हो ।

    images
    images

    रिट निवेदनमा डा. मुकुल ढकालले रास्वपा केन्द्रीय कार्यालय सहित महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, सभापति रवि लामिछाने लगायतलाई विपक्षी बनाएका छन् ।

    बिहीबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले दुवै पक्षलाई यही असार १७ गते बोलाएर छलफल गराउने आदेश भएको अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । आगामी १७ गते मंगलबार पक्ष र विपक्षले ढकालको माग अनुसार उनी महामन्त्री हुन् वा होइनन् भन्ने विषयमा छलफल गर्नेछन् ।

    images
    images

    डा. मुकुल ढकालले बुधबार आफू रास्वपाको महामन्त्री कायमै रहेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उनले आफू रास्वपाको महामन्त्री रहेको र पार्टीले निष्कासन गरेको निर्णय गलत रहेको दाबी गरेका छन् । गत साता निर्वाचन आयोगले डा. मुकुल ढकाललाई उनी रास्वपाको महामन्त्री कायमै रहेको भन्ने विवरण उपलब्ध गराएको थियो ।

    ‘प्रस्तुत विषयमा तपाईंले यस आयोगमा मिति २०८२ असार ४ मा दर्ता गर्नु भएको निवेदन माग बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर भएको विवरण मिति २०८० चैत २० मा अद्यावधिक भएको र त्यसभन्दा पछि हाल सम्म अद्यावधिक भएको अभिलेखबाट नदेखिएको व्यहोरा आदेशानुसार अनुरोध छ,’ आयोगले डा. मुकुल ढकाललाई उपलब्ध गराएको जानकारी पत्रमा भनिएको छ ।

    निर्वाचन आयोगले २०८० चैत २० गते १३ पदाधिकारी र ५ सदस्यहरूको विवरण अद्यावधिक गरेको थियो । २०८० मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीको जलेश्वरमा बसेको बैठकले पदाधिकारी तथा सदस्य हेरफेर गरेको थियो ।

    त्यसको विवरण रास्वपाले निर्वाचन आयोगमा अद्यावधिक गरेको थियो । २०८१ भदौमा बसेको सचिवालय बैठकले डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । त्यसको विवरण भने आयोगमा अद्यवधिक नभएको पाइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend