तेह्रथुम पावर कम्पनी लिमिटेडले आउँदो असार १६ गतेदेखि १ बराबर १ को अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ।नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त यस हकप्रदमा कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरमा ४० लाख कित्ता सेयर निष्कासन गर्नेछ। यस माध्यमबाट कम्पनीले ४० करोड रुपैयाँ पूँजी संकलन गर्ने लक्ष्य राखेको छ।
हकप्रद सेयरका लागि कम्पनीले जेठ ५ गते बुक क्लोज गरिसकेको छ। जेठ ४ गतेसम्म सेयरधनी रहेको व्यक्तिले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन्।
आवेदन दिने अन्तिम मिति साउन ४ गते तोकिएको छ।कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। आवेदनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङको नक्सालस्थित कार्यालय, साथै नबिल बैंकका तेह्रथुमस्थित छथर, म्याङलुङ, फेदाप र संक्रान्तिबजार शाखा तथा कुमारी बैंकको मेन्छयायम शाखामार्फत पनि आवेदन दिन सकिनेछ।
त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाहरूबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।




.gif)





