images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • बरुण हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने...

बरुण हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

बरुण हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • काठमाडौं- बरुण हाइड्रोपावर कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सेयर जारी गर्न जेठ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ आज जेठ २१ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद सेयर भर्न योग्य हुनेछन्।

    images
    images

    नेपाल धितोपत्र बोर्डले गत जेठ ६ गते बरुण हाइड्रोपावरलाई हाल कायम चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न अनुमति दिएको थियो।।यो कम्पनीले आफ्ना शेयरधनीहरुलाई ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर बिक्री गर्नेछ। 

    हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend