गुल्मी – गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा ‘रुरु कृषि परियोजना’ सञ्चालन भएसँगै किसान व्यावसायिक रूपमा आयआर्जनमा लागेका छन् ।रुरुक्षेत्र गाउँपालिकाको दुई करोड ३३ लाख र हेफर परियोजना नेपालको एक करोड गरी कुल तीन करोड ३३ लाख रुपैयाँ लागतमा परियोजना सञ्चालन भएको हो ।
महिला तथा युवामार्फत गाउँपालिकाभित्र कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउँदै आत्मनिर्भरता र सामाजिक सशक्तीकरणमा सहयोग पुर्याउने उद्देश्यले परियोजना सञ्चालन गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो ।परियोजनाले गाउँपालिकाभित्रका ६ वटै वडाका दुई हजार एक सय घरधुरीलाई ७२ वटा समूहमा आबद्ध गरी कृषि तथा पशुपालन, घाँस, उखु, फलफूल तथा तरकारी उत्पादनमा सहयोग पुर्याउँदै आएको छ ।
जग्गा नहुनेहरूले पनि जग्गा भाडामा लिएर कृषिजन्य उपजहरु उत्पादन गरी बिक्री गर्न थालेका छन् ।परियोजना सञ्चालन भएपछि आफूहरूलाई ठूलो सहयोग मिलेको रुरुक्षेत्र गाउँपालिका–१ पिपलनेटाकी सीता मुखियाले बताउनुभएको छ ।परियोजनामार्फत यति बेला अकबरे खुर्सानी खेती र उखु उत्पादनका लागि क्षेत्र विस्तार गर्दै रुरुक्षेत्रलाई उखु र खुर्सानीको पकेट क्षेत्र बनाउने काम अघि बढेको छ ।




.gif)





