images

२०८३ आश्विन २० गते

images
images
images
  • कृषि
  • बागमती गाउँ पालिकाद्धारा किसानलाई घाँस काट्ने...

बागमती गाउँ पालिकाद्धारा किसानलाई घाँस काट्ने मेसिन वितरण

बागमती गाउँ पालिकाद्धारा किसानलाई घाँस काट्ने मेसिन वितरण

images
images
बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  •  मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाले कृषकहरूको पशुपालन तथा कृषि उत्पादनलाई थप प्रभावकारी बनाउनका लागि ५०% अनुदानमा च्यापकटर (घाँस कुट्ने मेसिन) वितरण गरेको छ ।

    images
    images

    चालू आर्थिक वर्षको विनियोजित बजेट अन्तर्गत सञ्चालन गरिएको यस कार्यक्रममार्फत व्यावसायिक कृषि फर्म तथा कृषक समूहमा आबद्ध ६४ जना किसानलाई मेसिन प्रदान गरिएको हो । प्रति च्यापकटरको २५ हजार दुई सय ५० पर्ने मेसिन किसानले ५० प्रतिशत र गाउँपालिकाले ५० प्रतिशत बेहोरेको थियो ।

    पशुपालनमा संलग्न कृषकहरूको लागि समयको बचत, कामको सहजता तथा उत्पादन क्षमतामा वृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम ल्याइएको पालिकाले जनाएको छ । यस किसिमका सहुलियत योजनाहरूले कृषकहरूलाई आत्मनिर्भर बन्ने प्रेरणा दिनुका साथै  आधुनिक कृषिमा लाग्न प्रेरित गर्ने गाउँपालिका अध्यक्ष सर्केस् घलानले बताउनुभयो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend