images

२०८३ आश्विन २० गते

images
images
images
  • कृषि
  • विप्लवले विनोद चौधरीको कम्पनीलाई दुई लाख...

विप्लवले विनोद चौधरीको कम्पनीलाई दुई लाख किलो आलु बेचेर गरे कृषि क्रान्ति सुरु

विप्लवले विनोद चौधरीको कम्पनीलाई दुई लाख किलो आलु बेचेर गरे कृषि क्रान्ति सुरु

images
images
बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दुई लाख किलो आलु बेचेर कृषि क्रान्ति सुरु भएको घोषणा गरेको छ । करिब तीन लाख किलो आलु फलाएको दाबी गरेको नेकपाले एक दुईलाख किलो भने ‘ए’ ग्रेडको आलु विनोद चौधरीको नेतृत्वमा रहेको कम्पनी सीजीलाई बेचेको बताएको छ । धनगढीदेखि विराटनगरसम्म पाँच ब्रिगेडमा खेती गरिरहेको नेकपाले अहिलेसम्म तीनसय बिघा पुगेको जनाएको छ । नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का अनुसार चौधरी ग्रुपलाई दिएकोमध्ये सबै आलु भने पार्टीले मात्र उत्पादन गरेको होइन । 

    images
    images

    “मैले भनेको तीन लाख किलोमध्ये एक लाख किलो आलु जनताले व्यक्तिगत रूपमै उत्पादन गरेका हुन् । बाँकी दुईलाख किलो मात्र पार्टीले उत्पादन गरेको हो,” प्रवक्ता प्रकाण्डले  भने, “यसलाई पनि पार्टीको नेतृत्वमा जनता सहभागी भएको अर्थमा हामीले लिएका छौँ ।” प्रकाण्डका अनुसार झण्डै तीन सय बिघामा खेती भइरहेको छ । त्यसमध्येको सानो अंश पार्टीको जग्गा रहेको भन्दै अधिकांश जग्गा भाडामा लिएर खेती भइरहेको छ ।  विनोद चौधरीले पनि यसलाई नेपालको अर्थतन्त्रको जग बलियो बनाउने प्रयासका रुपमा लिएको बताएका छन् ।उनले विप्लवले उत्पादन गरेको आलु सीजीको इन्डष्ट्रियल पार्कले खरिद गरेको जनाएका छन् ।

    “नेपाली अर्थतन्त्रको इन्टिग्रेटेड विकासका लागि कृषि उत्पादन र औद्योगिक उत्पादनबीच अन्योन्याश्रित सम्बन्ध हुनुपर्छ,” चौधरीले भनेका छन्, “हाम्रा उद्योगहरुका लागि कच्चा पदार्थका रुपमा आवश्यक कृषि उत्पादन देशभित्रैबाट आपूर्ति गर्न सकिए हाम्रो अर्थतन्त्रको जग बलियो हुन्छ । हामीले देशभित्र उपलब्ध कच्चा पदार्थको अधिकतम उपयोग गर्ने नीति अंगिकार गरेका छौँ । सोही अनुसार विप्लवजीले उत्पादन गर्नुभएको आलु हाम्रो इन्डष्ट्रियल पार्कले खरिद गरेको हो । अन्य कृषि उपजहरु पनि देशभित्रैबाट आपूर्ति हुने वातावरण बनाउन यसैगरी लाग्नुपर्छ । राजनीति देशको आर्थिक विकाससँग जोडियोस् ।”चौधरी नेपालका एकमात्र डलर अर्बपति हुन् ।

    images
    images

    विप्लव नेतृत्वको पार्टी अहिले देशभर कृषि क्रान्तिको अभियानमा रहेको जनाएको छ । पार्टीले गरेको जति खेती सामूहिक लगानी र सामूहिक लाभको नीति अन्तर्गत रहेको छ । “संसदवादी पार्टीका कार्यकर्ताहरु पराश्रित छन् । तर, हाम्रा कार्यकर्ताहरु आफूले गरेको उत्पादनबाट आत्मनिर्भर छन्,” सो पार्टीका प्रवक्ता प्रकाण्डले भने, “विस्तारै जनतालाई पनि सामूहिक उत्पादनको बाटोमा जानका लागि हामी प्रेरित गरिरहेका छौँ ।”खेती सुरू गर्ने भएपछि विनौद चौधरीसँग उत्पादन भएको दुई लाख किलो आलु सीजीलाई दिने सम्झौता गरेका थिए ।  नेपालमा कैयौँ आलु भारतबाट आउने जानकारी पाएपछि आलु खेतीमा जोड दिएको प्रकाण्डले जानकारी गराए ।“अहिले हामीले ‘ए’ ग्रेडको आलुमात्र उहाँलाई बेचेका छौं,” उनले भने ।

    तीन लाख किलो उत्पादनमध्ये बाँकी केही अर्को वर्षको बिऊका लागि संचित गरिएको बताउँदै अन्य उपभोक्तालाई पनि बिक्री गरेको बताए ।“यसपछि हामी उन्नत जातको धान रोप्ने तयारीमा छौँ । धान पनि ठूलै मात्रामा हामी बिक्री गर्नेछौँ, ” प्रकाण्डले भने, “सबैभन्दा राम्रो हामीसँगै किसानले समान प्रकारको बिऊ लगाएर उत्पादनमा सहकार्य गरिरहनुभएको छ ।” 
    उनीहरुले कपिलवस्तु, अर्घाखाँचीलगायतका जिल्लामा केही जग्गा भाडामा लिएका छन् भने केही आफ्नै पार्टीको जग्गा रहेको छ ।केही किसानलाई सामूहिक खेतीमा लगाएर उनीहरुको उत्पादन पनि खरिद गरिएको जानकारी गराए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend