images

२०८३ आश्विन २० गते

images
images
images

गाउँपालिकाले सञ्चालनमा ल्यायो कृषि एम्बुलेन्स

गाउँपालिकाले सञ्चालनमा ल्यायो कृषि एम्बुलेन्स

images
images
शुक्रवार, जेठ ९ २०८२
शुक्रवार, जेठ ९ २०८२
  • गुल्मीको सत्यवती गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।यहाँ उत्पादित कृषिजन्य सामग्रीको बजारीकरण गर्ने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको पालिकाको कृषि शाखा प्रमुख उपकार भण्डारीले जानकारी दिए । सङ्घीय सरकारको रु १९ लाख र पालिकाको रु १५ लाख गरी कुल रु ३४ लाखमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको उनले बताए ।

    images
    images

    एम्बुलेन्स सञ्चालनका लागि सबै वडामा उप-समिति गठन गरिएका छन् भने पालिकास्तरमा ‘थाप्ले सत्यवती कृषि बजार’ गठन गरिएको छ ।यसैगरी सबै टोलमा सङ्कलन केन्द्र राखिएका छन् । कृषि शाखा प्रमुख भण्डारीका अनुसार कुल १५ क्विन्टलसम्म तरकारी बोक्न सक्ने क्षमता भएको एम्बुलेन्समा माइनस १५ डिग्री र प्लस २५ डिग्रीसम्म तापक्रम कायम गर्न मिल्ने र पाँच दिनसम्म कुनै पनि तरकारी टिकाइराख्ने क्षमता रहेको छ । एम्बुलेन्सले तरकारी मात्र नभएर मासु र दूध पनि निर्यात गर्न सक्नेछ ।

    हाल किसान आफैंले एम्बुलेन्स सञ्चालन गरेका छन्, जसले गर्दा नाफा र उत्पादनमा आधारित अनुदान पनि किसानसँगै रहने गरेको छ । सबै वडामा सङ्कलन भएका कृषिउपज बुटबलका बजारमा लगिने गरेको छ भने सत्यवतीदेखि त्यहाँसम्म प्रतिकेजी तीनदेखि ६ रुपैयाँसम्म भाडा तोकिएको छ ।पालिकाले एम्बुलेन्समा सहजीकरण गरेसँगै किसानहरू लाभान्वित भएका स्थानीय मीना ढकालले बताए । 'अब तरकारी, दूध बिक्री गर्न सहज भएको छ । किसान र उपभोक्ताको सिधा सम्पर्क भएपछि बिचौलियाको पनि अन्त्य भएको छ ।'

    images
    images

    अर्का कृषक मणिराम पाण्डेले अब उत्पादित कृषिजन्य सामग्रीको बजारीकरण सुनिश्चित भएको बताए ।  उनका अनुसार सत्यवती गाउँपालिकामा ६० वटा समूहमा ९०० किसान आबद्ध छन् ।करिब सय जनाले एकल रूपमा पनि तरकारी खेती गरेका छन् । पालिकामा एक हजार किसानले उत्पादन गरेको तरकारी एवं दूध र मासुजन्य सामग्री स्थानीय बजारका साथै बुटबलसम्म पुग्ने गरेको छ ।पालिकामा तरकारी, फलफूल, माछा, मासु, दूध र अण्डाबाट वार्षिक करिब रु १० करोड भित्रिएको पालिकाको तथ्याङ्क छ ।पशु शाखा प्रमुख नारायण खनालले सत्यवतीले गत वर्षदेखि नै बुटवल हाटबजारको २८ नम्बर सटरमा पालिकामा उत्पादित कृषिजन्य सामग्री बिक्री गर्दै आएको बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend