images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • खसी-बोकाको भन्दै बाख्राको मासु बेच्ने युवक...

खसी-बोकाको भन्दै बाख्राको मासु बेच्ने युवक पक्राउ

खसी-बोकाको भन्दै बाख्राको मासु बेच्ने युवक पक्राउ

images
images
बिहिवार, जेठ १ २०८२
बिहिवार, जेठ १ २०८२
  •  बुटवल । खसी-बोकाको भन्दै झुक्याएर बाख्राको मासु बेच्ने एक व्यापारीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। 

    images
    images

    पक्राउ पर्नेमा बुटवल उप–महानगरपालिका–१ जितगढीका ३४ वर्षीय मेराज साह रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले साहलाई बुधबार पक्राउ गरेको हो। 

    उनले विभिन्न स्थानबाट बाख्रा खरिद गरि घरमै काटेर मासु पसलमा लगेर बेच्दै आएका प्रहरी अनुसन्धानबाट खुलेको छ।‘घरमै काटेको खसी, बोकाको मासु हो’ भन्दै झुक्याएर उनले बाख्राको मासु बिक्री गर्दै आएको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले जानकारी दिए। 

    images
    images

    उनलाई घरमै काटेको बाख्रा भुत्ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको कार्कीले बताए।प्रहरीले काटेर फालिएका बाख्राका विभिन्न अंगहरुसमेत बरामद गरेको छ।प्रहरीले मेराजको घरबाट ३ वटा बोरामा काटेर टुक्रा बनाएर राखेको २९ किलो बाख्राको मासु पनि बरामद गरेको छ।

    उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध ऐन २०३२ बमोजिमको कसुरमा मुद्दा दर्ता गरेर जिल्ला प्रशासन कार्यालय रुरुपन्देहीबाट सात दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend