images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयर...

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन

images
images
मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २७ प्रतिशत अर्थात हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.२७ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो।

    images
    images

    यस अनुसार कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्कासन गरेको छ।हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले वैशाख ५ गते बुकक्लोज गरेकाले  ४ गतेसम्म कायम सेयरधनीहरुले हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

    हकप्रद निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले इन्स्योरेन्सलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता औषतस्तरको रहेको संकेत गर्दछ।यो हकप्रद सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ।

    images
    images

    इन्स्योरेन्सको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। सयरधनीहरुले बिक्री प्रबन्धकका साथै सन नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend