images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • आज नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने...

आज नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

images
images
आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • काठमाडौं । नेको  इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

    images
    images

    कम्पनीले साधारण सभा तथा लाभांश वितरणको लागि आगामी मंगलबार ३० गते बुक क्लोज गर्दैछ । वैशाख २९ गते बुद्ध जयन्तीका अवसरमा सार्वजनिक विदा परेकाले लगानीकर्ताले आज सेयर खरिद गरिसकेको हुनुपर्नेछ । 

    कम्पनीले जेठ ९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा लिसारा रिसेप्सेन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभाले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । 

    images
    images

    सभामा कम्पनीको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा/नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend