काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा नेपालबाट सबैभन्दा बढी सोयाविन कच्चा तेल निर्यात भएको छ ।भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि चैतसम्मको अवधिमा नेपालबाट ६२ र्ब रुपैयाँबराबरको ३० करोड किलो सोयाविन कच्चा तेल दक्षिणी छिमेकी मुलुक भारतमा निर्यात भएको हो ।चालु आर्थिक वर्षको नौ महिनामा नेपालले अर्जेन्टिनाबाट ५० अर्ब ९८ करोड ९६ लाख रुपैयाँबराबरको ३३ करोड लिटर कच्चा सोयाविन तेल आयात गरेको थियो ।
अघिल्लो वर्षको नौ महिनाको अवधिमा भने नेपालबाट सबैभन्दा बढी ठूलो अलैंची निर्यात भएको थियो । त्यो बेला ६ अर्ब २८ करोड रुपैयाँको ४० लाख ७४ हजार किलो अलैंची भारतमा निर्यात भएको थियो ।यस्तै यो अवधिमा नेपालले भारतमै ९ अर्ब २३ करोड रुपैयाँबराबरको ४ करोड १४ लाख लिटर सनफ्लावर कच्चा तेल पनि निर्यात गरेको छ ।नेपालले यो अवधिमा युक्रेनबाट १७ अर्ब १७ करोड १६ लाख रुपैयाँबराबरको ११ करोड ८५ लाख लिटर सनफ्लावर तेल आयात गरेको थियो ।
अघिल्लो वर्षको नौ महिनाको अवधिमा दोश्रोमा सबैभन्दा बढी रोल्ड आइरन तथा स्टिल निर्यात भएको थियो । त्यो वेला ५ अर्ब १६ करोड ४० लाख रुपैयाँको ४ करोड ५ लाख किलो यस्तो स्टिल भारतमा निर्यात भएको थियो ।नौं महिनाको अवधिमा तेश्रोमा सबैभन्दा बढी ठूलो अलैंचीको भारततर्फ निर्यात भएको छ । ठूलो अलैंची नेपालको मौलिक उत्पादन हो । यो अवधिमा नेपालबाट ६ अर्ब २५ करोड १२ लाख रुपैयाँबराबरको ३४ लाख ३७ हजार किलो ठूलो अलैंची निर्यात भएको छ ।
अघिल्लो वर्ष तेश्रोमा सबैभन्दा बढी रिफाइण्ड पाम आयल ५ अर्ब ७ करोड रुपैयाँको १२ करोड ४४ लाख ७२ हजार लिटर भारतमा निर्यात भएको थियो ।यसपछि चौथो निर्यात हुने वस्तुमा कार्पेट निर्यात भएको छ । यो निर्यात भने अमेरिकामा भएको हो । ४ अर्ब ८९ करोड ४२ लाख रुपैयाँबराबरको २लाख ३७ हजार स्क्वाएर मिटर कार्पेट निर्यात भएको हो ।गत वर्ष यहि अवधिमा चौथो नम्बरमा कार्पेट निर्यात भएको थियो । ४ अर्ब ६४ करोड रुपैयाँवराबरको १लाख ५१ हजार स्वाएयर मिटर अमेरिकामा निर्यात भएको थियो ।
तथ्याँकअनुसार पाँचौ निर्यात हुने वस्तुमा रोल्ड स्टिल तथा आइरन परेको छ । ४ अर्ब २३ करोड २१ लाख रुपैयाँको ३ करोड ७५ लाख ९७ हजार किलो रोल्ड स्टिल तथा आइरन भारतमा निर्यात भएको हो ।यस्तै अघिल्लो वर्ष पाँचो सबैभन्दा बढी निर्यात हुने वस्तुमा मिक्चर जुस परेको थियो । त्यो वेला ४ अर्ब ४६ करोड ६५ लाख रुपैयाँबराबरको ४ करोड ९२ लाख ९० हजार लिटर यस्तो जुस भारतमा निर्यात भएको थियो ।
चालु आर्थिक वर्षमा गत वर्षको नौ महिनाको अवधिको तुलनामा ६५.१६ प्रतिशतले निर्यातको हिस्सा बढेको हो । चालु आर्थिक वर्षको नौं महिनामा नेपालले विभिन्न मुलुकमा १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँको निर्यात गरेको छअघिल्लो वर्षको नौ महिनाको अवधिमा १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँबराबरको नेपालबाट निर्यात भएको थियो ।




.gif)





