images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • नाना पाटेकरको निधनपछि रिलिज हुन बाँकी...

नाना पाटेकरको निधनपछि रिलिज हुन बाँकी छन् पाँच फिल्म, २०२६ मै दुई फिल्म आउने तयारी

नाना पाटेकरको निधनपछि रिलिज हुन बाँकी छन् पाँच फिल्म, २०२६ मै दुई फिल्म आउने तयारी

images
images
शुक्रवार, आश्विन २३ २०८३
शुक्रवार, आश्विन २३ २०८३
  • मुम्बई । बलिउडका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा बिहीबार निधन भएको छ । हृदयघातका कारण उनले यो संसार छाडेर गए पनि उनको अभिनयको जादु भने अझै देख्न पाइनेछ ।किनभने पाटेकरले अभिनय गरेका ५ फिल्म अझै रिलिज हुन बाँकी छन् । यी फिल्म हरर–कमेडी, बायोपिक, क्राइम थ्रिलरदेखि रोमान्टिक कमेडी जस्ता फरक–फरक जनरा रहेका छन् ।

    images
    images

    शक्ति शालिनी 

    नाना पाटेकरको आउँदो फिल्महरूमध्ये ‘शक्ति शालिनी’ लाई उनको अन्तिम ठूलो पर्दाको फिल्म मानिएको छ । आदित्य सरपोतदारको निर्देशनमा बनिरहेको यो फिल्म म्याडक फिल्म्सको ‘हरर–कमेडी युनिभर्स’ को हिस्सा हो । फिल्ममा विशाल जेठ बाको पनि मुख्य भूमिका छ ।फिल्मको कथा ‘शक्ति’ नामकी एक साधारण महिलाको वरिपरि घुम्छ, जो ‘शालिनी’ नामको बदला लिने आत्माको रक्षक बन्छिन् । नानाको भूमिकाबारे धेरै जानकारी नआए पनि केही रिपोर्टका अनुसार उनी तान्त्रिकको भूमिकामा देखिनेछन् । फिल्म २४ डिसेम्बर २०२६ मा रिलिज हुने तय भएको छ ।

    images
    images

    ईठा

    लक्ष्मण उतेकरको निर्देशनमा बनिरहेको ‘ईठा’ महाराष्ट्रकी प्रख्यात लोक कलाकार विठाबाई नारायणगावकरको जीवनबाट प्रेरित छ । उनी तमाशा र लावणी जस्ता लोक कलासँग जोडिएकी प्रसिद्ध कलाकार थिइन् ।फिल्ममा श्रद्धा कपुर मुख्य भूमिकामा छिन् भने उनको साथमा रणदीप हुड्डा, अनन्त जोशी र नाना पाटेकर पनि देखिनेछन् । यो फिल्म ४ डिसेम्बर २०२६ मा सिनेमा घरमा रिलिज हुने तयारीमा छ ।

    द कन्फेसन अफ मेरी

    ‘द कन्फेसन अफ मेरी’ एक क्राइम ड्रामा  हो । फिल्ममा नाना पाटेकरले ‘फादर बेनेडिक्ट’ नामक क्याथोलिक पादरीको भूमिका निभाएका छन् । उनीमाथि एक महिलाको हत्याको आरोप लाग्छ ।अनन्त नारायण महादेवनद्वारा निर्देशित यो फिल्म सन् १९६६ मा केरलामा भएको चर्चित ‘मदथारुवी हत्याकाण्ड’ बाट प्रेरित छ, जसमा मरियाकुट्टी नामकी महिलाको हत्या भएको थियो । फिल्ममा नानाबाहेक आदिल हुसेन, आशिष विद्यार्थी, गौतम रोडे र नेहा महाजन जस्ता कलाकारहरू छन् ।

    कुकु की कुण्डली

    रोमान्टिक कमेडीमा आधारित ‘कुकु की कुण्डली’ पनि पाटेकरका रिलिज हुन बाँकी फिल्ममध्ये एक हो । शरण शर्माको निर्देशनमा बनिरहेको यस फिल्ममा भुवन बाम र वामिका गब्बी मुख्य भूमिकामा छन् ।फिल्मको कथा कुण्डलीका कारण सम्बन्धमा उब्जिने समस्या र त्यसले जोडी तथा उनीहरूको परिवारमा पार्ने असरमा आधारित छ । यसमा नाना पाटेकरको पनि महत्त्वपूर्ण भूमिका छ ।

    वेदान्त

    नाना पाटेकरको आउँदो फिल्म ‘वेदान्त’ पनि हो । राजेश्वर पाण्डे राजको निर्देशनमा बनिरहेको यस फिल्ममा नानाको साथमा विक्रान्त मेस्सी, सन्दिपा धर र मुकेश तिवारी देखिनेछन् ।फिल्मको कथा, नानाको भूमिका र रिलिज मितिबारे धेरै जानकारी सार्वजनिक गरिएको छैन ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend