images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • फर्स्ट माइक्रोफाइनान्सको नाफा र लाभांश क्षमतामा...

फर्स्ट माइक्रोफाइनान्सको नाफा र लाभांश क्षमतामा गिरावट

फर्स्ट माइक्रोफाइनान्सको नाफा र लाभांश क्षमतामा गिरावट

images
images
बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  • काठमाडौं ।  फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

    images
    images

    चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ७ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.७७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १३ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

    खुद नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि १४ रुपैयाँ ८ पैसाबाट घटेर ७ रुपैयाँमा झरेको छ भने वितरणयोग्य नाफा (लाभांश क्षमता) पनि साढे ९ करोड रुपैयाँबाट घटेर ५ करोड १९ लाख रुपैयाँमा झरेको छ।

    images
    images

    कम्पनीको निष्क्रिय कर्जा ३.१२ प्रतिशतबाट बढेर ४.७८ प्रतिशत पुग्दा खुद ब्याज आम्दानी २५ करोड ३० लाख रुपैयाँबाट घटेर १५ करोड ७० लाख रुपैयाँमा झरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend