images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • वैशाख १२ गतेदेखि नेको इन्स्योरेन्सले अवितरित...

वैशाख १२ गतेदेखि नेको इन्स्योरेन्सले अवितरित हकप्रद सेयर बिक्रीमा ल्याउँदै

वैशाख १२ गतेदेखि नेको इन्स्योरेन्सले अवितरित हकप्रद सेयर बिक्रीमा ल्याउँदै

images
images
बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बाँकी रहेको हकप्रद सेयर भोलि वैशाख १२ गतेदेखि लिलामीमार्फत बिक्रीमा राख्ने भएको छ। कम्पनीले कुल २ लाख २५ हजार २६१ दशमलव ३५ कित्ता अवितरित हकप्रद सेयर लिलामीमा ल्याउन लागेको हो ।जसमध्ये संस्थापक समूहका ४३७७९.५२ कित्ता र सर्वसाधारण समूहका १८१४८१.८३ कित्ता सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । यस लिलामीमा भाग लिन चाहने लगानीकर्ताले न्यूनतम दर १०० रुपैयाँ तोकेर प्रतिस्पर्धात्मक बोलकबोल पेस गर्नुपर्नेछ ।

    images
    images

    संस्थापक समूहका लागि न्यूनतम १ हजार कित्तादेखि आवेदन दिन सकिनेछ भने सर्वसाधारण समूहतर्फका लागि न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण उपलब्ध सेयरका लागि आवेदन दिन सकिनेछ ।यो सेयरमा आवेदन दिने अन्तिम म्याद वैशाख २१ गतेसम्म तोकिएको छ । 

    लिलामी प्रक्रिया सानिमा क्यापिटल लिमिटेडले व्यवस्थापन गर्नेछ । लगानीकर्ताहरूले सानिमा क्यापिटलको कार्यालय नक्साल काठमाडौं र विराटनगरबाट आवेदन दिन सक्नेछन् । साथै, नेको इन्स्योरेन्सका झापा, पर्सा, धनुषा, चितवन, मकवानपुर, कास्की लगायतका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend