images

२०८३ आश्विन १६ गते

images
images
images

छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा

छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा

images
images
सोमवार, बैशाख ८ २०८२
सोमवार, बैशाख ८ २०८२
  • काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाले १ लाख ४४ हजार ३८३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले खरिद गर्न सक्नेछन् । 

    images
    images

    सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३९० रुपैयाँ तोकिएको छ। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

    तोकिएको यस म्यादभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि कुनै पनि निवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गर्ने कम्पनीले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend