images

२०८३ आश्विन २० गते

images
images
images
  • कृषि
  • नवलपरासीमा तीन हजार ३४ मेट्रिकटन ​​​​​​​तोरी...

नवलपरासीमा तीन हजार ३४ मेट्रिकटन ​​​​​​​तोरी उत्पादन

नवलपरासीमा तीन हजार ३४ मेट्रिकटन ​​​​​​​तोरी उत्पादन

images
images
बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन भएको छ।कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यस वर्ष दुई हजार ४६९ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएकामा उक्त परिमाणमा उत्पादन भएको हो।

    images
    images

    केन्द्र प्रमुख कुलप्रसाद तिवारीले उत्पादन भएको तेलहन बालीमध्ये तोरी एक हजार ३१९ र सर्स्युँ एक हजार ७१५ मेट्रिक टन रहेको बताए। उनका अनुसार आर्थिक वर्ष २०८०–८१ मा यहाँ दुई हजार ४४३ हेक्टर क्षेत्रफलमा तोरीखेती गर्दा दुई हजार ९७१ मेट्रिक टन र २०७९–८० मा दुई हजार ४३३ हेक्टर क्षेत्रफलमा खेती गरिँदा दुई हजार ९२० मेट्रिक टन उत्पादन भएको थियो।

    आर्थिक वर्ष २०८०–८१ भन्दा यस वर्ष तोरीखेती गर्ने क्षेत्रफल २६ हेक्टर र उत्पादन ६३ मेट्रिक टनले वृद्धि भएको कृषि ज्ञान केन्द्रका कृषि बालीविज्ञ सञ्जय ढकालले बताए। ‘विगत तीन वर्षको तथ्याङ्कलाई हेर्दा तोरीखेतीको क्षेत्रफलसँगै उत्पादन पनि बढिरहेको छ। जिल्लामा तोरीखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ’, उनले भने।ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास काफ्लेले अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गर्नु राम्रो हुने बुझाइले किसानहरू तोरीखेतीमा आकर्षित हुँदै गएको बताए।गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिका क्षेत्रमा बढी मात्रामा तोरीखेती गरिन्छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend