images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • सेबोन, नेप्से र सिडिएससीबीच पुँजी बजार...

सेबोन, नेप्से र सिडिएससीबीच पुँजी बजार सुधारका लागि छलफल

सेबोन, नेप्से र सिडिएससीबीच पुँजी बजार सुधारका लागि छलफल

images
images
बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) बीच समन्वयात्मक छलफल भएको छ। नेपालको पुँजी बजारलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले यी संस्थाहरुबीच छलफल भएको हो ।

    images
    images

    ललितपुरको खुमलटारस्थित सेबोनको केन्द्रीय कार्यालयमा सम्पन्न छलफलमा सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ, नेप्सेका सिइओ चुडामणि चापागाई र सिडिएससीका प्रबन्ध सञ्चालक प्रविन पन्दाक सहभागी थिए। साथै सेबोनका नियमन विभाग प्रमुख मुक्तिनाथ श्रेष्ठ र सुपरीवेक्षण विभाग प्रमुख रूपेश के.सी समेत सहभागी भएका थिए । 

    बैठकमा समग्र पुँजी बजारको सुधार, बजारसँग सम्बन्धित प्रणालीहरूको प्रविधि अभिवृद्धि, बजार परिचालनमा देखिएको समन्वय अभावको समाधान तथा नियमन, सूचीकृत कम्पनीको सुपरीवेक्षण र लगानीकर्ताको हितको विषयमा छलफल भएको छ। उक्त छलफलमा तीनै निकायबीच आगामी दिनमा नियमित रूपमा यस्ता समन्वयात्मक बैठक आयोजना गर्ने सहमति भएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend