images

२०८३ आश्विन २३ गते

images
images
images

बजारमा फर्सीको भाउ बढ्यो,कति पर्छ ?

बजारमा फर्सीको भाउ बढ्यो,कति पर्छ ?

images
images
बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • काठमाडौं । बजारमा फर्सीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार बजारमा फर्सीको भाउ बढेको देखाएको हो ।कालीमाटी बजारमा पाकेको फर्सी, हरियो फर्सी (लाम्चो) र हरियो फर्सी (डल्लो) गरी तीन प्रकारको किनबेच हुन्छ । मंगलबारको तुलनामा बुधबार फर्सीको मूल्य ५ रुपैयाँले बढेको छ ।

    images
    images

    कालीमाटी तरकारी बजारमा बुधबार पाकेको फर्सीको थोक मूल्य किलोको अधिकतम ५० रुपैयाँ र औसत ४५ रुपैयाँ तोकिएको छ । यस्तै हरियो फर्सी (लाम्चो) प्रतिकिलो अधिकतम ४० रुपैयाँ र औसत ३५ रुपैयाँ कायम छ भने हरियो फर्सी (डल्लो) को मूल्य अधिकतम ४० रुपैयाँ र औसत ३५ रुपैयाँ कायम छ ।

    मंगलबार भने पाकेको फर्सी प्रतिकिलो अधिकतम ५० रुपैयाँ र औसत ४५ रुपैयाँमा किनबेच भएको थियो । यस्तै हरियो फर्सी (लाम्चो) र हरियो फर्सी (डल्लो) अधिकतम ४० रुपैयाँ र औसत ३० रुपैयाँमा किनबेच भएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend